काठमाडौं, १८ माघ । सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा चिया प्रवद्र्धनको लागि सुरु गरेको ट्रेडमार्क (लोगो) ‘नेपाल टी क्वालिटी फ्रमहिमालय’ दर्ता प्रक्रिया अन्तर्गतभारत सरकारले अदालती सुनुवाइपश्चात जर्नलमा नो अब्जेक्सनको लागि सूचना निकालेको छ ।
ट्रेडमार्क हेर्ने सरकारी निकाय महानियन्त्रक, एकस्व अभिकल्प एवं व्यापार चिह्नले आफ्नो जर्नलमार्फत सार्वजनिक गर्दै राय मागेको हो ।
अन्तर्राष्ट्रिय प्रक्रिया अगाडि बढे पनि अहिलेसम्म नेपाली बजारमै लोगो कार्यान्वयनमा आएको छैन ।
गएको अक्टोबर २३ मा सूचना जारी गरी राय मागिएकोमा अहिलेसम्म कसैले अब्जेक्सन नजनाएकोले पहिलोपटक अन्तर्राष्ट्रिय रुपमा भारतमा ट्रेडमार्क दर्ता लगभग निश्चित भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक दिपक खनालले जानकारी दिए ।
डेढ वर्षअघि बोर्डले अमेरिका, युरोपियन युनियन र भारतमा ट्रेडमार्क दर्ताका लागि कानुनी परामर्शदातामार्फत प्रक्रिया अगाडि बढाएको थियो ।
तपाईको प्रतिक्रिया