काठमाडौं, १९ माघ । भारतले नेपाललाई दिने अनुदान रकम कटौती गरे पनि आठ अर्ब भारतीय रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमनले आर्थिक वर्ष सन् २०२०–२१ को लागि घोषणा गरेको ३०.४२ ट्रिलियन भारतीय बजेटमा नेपाललगायतका देशलाई दिने अनुदान कटौती गरेकी हुन् ।
कटौतीसँगै यो वर्ष नेपाललाई भारतले विदेशी अनुदानमार्फत ८ अर्ब भारु दिनेछ । यो भनेको साढे १२ अर्ब नेपाली रुपैयाँ हो ।
अघिल्लो वर्ष भारतले पछि थपिएको २ अर्बसँगै कुल १२.५ अर्ब भारु अनुदान दिएको थियो । भारतले नयाँ बजेटमार्फत अनुदान दिने धेरै देशलाई दिने रकम कटौती गरेको हो । यस वर्ष भारतले ६९ अर्ब भारु दिनेछ ।
यसअघि ७५ अर्ब भारु अनुमानित अनुदान दिने बताइए पनि नयाँ बजेटमा अनुदान रकम कटौती गरिएको हो । नेपाल मौरिसस र भुटानपछि धेरै अनुदान पाउने देश हो ।
तपाईको प्रतिक्रिया