भारत जाँदा एनसेलबाट सुलभ दरमा डेटा रोमिङ्ग सेवा लिन सकिने

अर्थ/वाणिज्य

5/26/2019

काठमाडौंं, १२ जेठ । एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मज्जा लिन सक्नेछन् ।

ग्राहकले आफू भारत भ्रमणमा जाँदा आफ्नो एनसेलसिम साथै लगिमात्र रु १०० माप्रत्येक दिन अनलिमिटेड रोमिङ्ग इन्टरनेट सेवाको फाइदालिन सक्नेछन् ।

एनसेल प्रा.लि.ले भारत भ्रमणमा जाने आफ्ना ग्राहकका लागि आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राहकले आफू भारतमा रहेको समयमा पनि आफ्ना परिवार तथा आफन्तसँग सुलभ दरमा रोमिङ्ग डेटा सेवामार्फत सम्पर्कमा रही रहन सक्नेछन् ।

यस अफरअन्तर्गत एनसेलका सबै प्रिपेड तथापोस्पेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० (रु १२७.६९ कर सहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्नेछन् ।

यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफू यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि निर्देशनअनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् ।

रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् । एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नवीकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ ।

अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याक भारत भ्रमणमा जानु अघि वा भारतमा पुगेपछि पनि लिन सक्नेछन् ।

भारतमा ठूलो संख्यामा नेपालीहरु व्यापार व्यवसायमा तथा तीर्थका लागि यात्रा गर्ने गरेका छन् । यो योजनाले ग्राहकलाई भारतमा रोमिङ्गमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरि आफ्ना परिवारका सदस्य, साथीभाईसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ