मुक्तिनाथद्वारा ऋणीको ऋण मिनाहा

अर्थ/वाणिज्य

1/6/2020


काठमाडौं, २२ पुस । मुक्तिनाथ विकास बैंकले मोहोनीमाया थापा मगरकोे ऋण मिनाहा गरेको छ । बैंकको साना तथा लघु बैंकिङ कार्यालय सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत
दमौलीमा सदस्य मोहोनीमाया थापा मगरको मृत्यु भएकोले उनले लिएकोे ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको बैंकले बताएको छ ।
बैंकका दमौली शाखाका प्रमुख उदयराज तिमिल्सना, साना तथा लघुबैंकिङ प्रमुख ध्रुवराज घिमिरे, वडासदस्य सुरबहादुर थापाले स्वर्गीय थापा मगरका श्रीमान् भुपाल थापा मगरलाईे भुक्तानी साँवा र ब्याज वापतको ५४ हजार दुई सय ७८ रुपैयाँ र काजकिरिया खर्च पाँच हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको जारी विज्ञप्तीमा उल्लेख छ । साथै, तिर्न बाँकी कर्जा दुई लाख ११ हजार चार सय ४० रुपैयाँ मिनाहा गरिएको बैंकको विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ