काठमाडौं, २० पुस । मुक्तिनाथ विकास बैंक १४औं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई छात्रवृतिदेखि वृद्धाश्रमलाई खाद्यान्नसम्म सहयोग गरेको छ । मुक्तिनाथ विकास बैंकले विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, विद्यालयमा स्टेसनरीका सामग्री तथा फनिर्चर, विभिन्न अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ ।
त्यस्तै गरी चेपाङ संरक्षण समितिलाई खाद्यान्न, विभिन्न ठाउँमा डस्टबिन र तराइका शीतलहरबाट प्रभावित क्षेत्रमा कम्बल तथा विभिन्न अस्पतालमा विरामी कुरुवा बस्ने कुर्सीसमेत सहयोग गरेको छ ।
यसैगरी, बैंकले बाग्मती, गोदावरी तथा पोखरा उपत्यका सरसफाइ अभियानका लागि आवश्यक सामग्रीसमेत वितरण गरेको छ । बैंकले वार्षिकोत्सवकै अवसरमा देशका विभिन्न स्थानमा बृहत् रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रमबाट कुल ४ सय ३० पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया