काठमाडौं, ९ माघ । मेगा बैंक लिमिटेडले नेपाली सेनाको लागि सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
मेगा बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको बैंकले जनाएको छ । मेगा बैंक सुर्खेत शाखाका प्रबन्धक विक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्कलगायत बारेमा जानकारी कार्यक्रममा गराएका थिए ।
नेपाली सेनाका प्रमुख सेनानी विशाल सिंहले सेनालाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरी बैंकीङ प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराउनु राम्रो काम भएको पनि कार्यक्रममा बताए । कार्यक्रममा नेपाली सेनाका विभिन्न दर्जाका एक सय जनाको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया