पर्सा, १४ माघ । मेगा बैंक लिमिटेडले पर्सामा आँखा शिविर सञ्चालन गरेको छ ।
सो आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन् । शिविरमा दुई सय ७५ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये १०० जनामा रतन्धो भेटिएको थियो । त्यसमध्ये केही बिरामीको शिविरमै निःशुल्क शल्यक्रिया गरिएको थियो । नेपाल नेत्रज्योती संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लब अफ वीरगञ्ज मेलिनियमसँगको सहकार्यमा बैंकले पर्साको बेल्वामा निःशुल्क आँखा शिविर आयोजना गरेको हो ।
नेपालकै अग्रणी बैंकको रुपमा स्थापित मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशका विभिन्न भागमा विविध कार्यक्रम गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया