काठमाडौं, २१ माघ । मेटलाइफले सुर्खेतमा नयाँ एजेन्सी कार्यालय संचालन ल्याएको छ ।
कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीको उपस्थितिमा कार्यालयले उद्घाटन गरे । यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३२ वटा कार्यालय पुग्ने भएको छ । सो कार्यालयले ग्राहकलाई थप सुबिधा तथा सहजता प्रदान गर्न मिल्नेछ भन्ने कुरामा विश्वास लिएको छ ।
यस कार्यालयले ग्राहकहरुलाई बिमा शुल्क तथा आवेदन संकलन, बिमालेख हस्तान्तरण तथा बिमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन ।
तपाईको प्रतिक्रिया