महालक्ष्मी–ईसेवा पे समझदारी

अर्थ/वाणिज्य

1/20/2020

काठमाडौं, ६ माघ । महालक्ष्मी विकास बैंक र ईसेवा फोन पे प्रालिबीच सेवासम्बन्धी सम्झौता भएको छ ।

बैंक र ईसेवाबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस सम्झौतामा उल्लेख भए बमोजिम ग्राहकले ईसेवा फोनपेका एजेन्टमार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन । खातामा बैंकले ग्राहकलाई नि : शुल्क मोबाइल बैंकिङ सेवा, एटीएम सेवा र डलर कार्ड सेवा उपलब्ध गराउनेछ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ