काठमाडौ, १६ माघ । प्रभु बैंकले प्रदेश २ का पाँच जिल्लामा वैदेशिक रोजगार कर्जा योजना सार्वजनिक गरेको छ ।
बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाही गरी बैंकले बेलायती सहयोग नियोग अन्तर्गत वैदेशिक रोजगारीमा जाने र उनीहरुका परिवारलाई कर्जाको पहुँचको योजना ल्याएको हो ।
प्रभु बैंकका प्रमुख व्यवसाय विकास अधिकृत मणिमरण पोखरेल र स्किल्स कार्यक्रमका टिम लिडर बलजित बोहरालगायत उपस्थित थिए । वैदेशिक रोजगारीमा जानेका परिवारलाई प्रभु बैंकले औचित्यपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराइने छ ।
कर्जा मात्र नभएर विदेशबाट रकम पठाउँदा या भुक्तानी गर्दासमेत प्रभु बैंकले सहज बैंकिङ सुविधा दिने छ । यसले वैदेशिक रोजगारमा जाने र तीनको परिवारको आम्दानी बढ्नुका साथै उद्यमशीलता विमासमार्फत सहयोग गर्ने बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया