काठमाडौं, १ भाद्र । बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धि राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकङ इन्स्टिच्ययुटबीच सम्झौता भएको छ ।
रावा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार क्षेष्ठ र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सज्जीव सुब्बाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
आर्थिक वर्ष ०७६÷७७ मा रावाका कर्मचारीको कार्यदक्षता अभिवृद्धिका लागि इन्स्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया