लक्ष्मी बैंक लिमिटेडका अध्यक्ष घिमिरेले लिए शपथ

अर्थ/वाणिज्य

2/6/2020

काठमाडौं, २३ माघ । लक्ष्मी बैंक लिमिटेडका अध्यक्ष सुशील घिमिरेले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष तथा गोपनीयताको शपथ लिएका छन् ।

बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो । शपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीको उपस्थित थियो ।

अध्यक्ष सुशील घिमिरे नेपाल सरकारका पूर्वसचिव हुन् र उनीसँग सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको जिम्मेवारी वहन गरेको अनुभव छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ