लुम्बिनी विकास बैंकले १५% नगद लाभांश दिने

अर्थ/वाणिज्य

1/14/2020


काठमाडौं, १ माघ । लुम्बिनी विकास बैंकको १२औं वार्षिक साधारणसभाबाट १५% नगद लाभांश दिने निर्णय गरेको छ ।
बैंकका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा मंगलबार सम्पन्न भएको वार्षिक साधारणसभाद्वारा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, आव २०७६ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाहको विवरणलगायतका अनुसुचीहरु पारित गरेको छ ।

सभाले २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको पाँच प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।
उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी दुई अर्ब ७१ करोड ६३ लाख पुगेको छ ।

लिमिटेडले निरन्तर सहयात्रा भन्ने नाराका साथ देशभरका ६६ शाखाहरु र १६ वटा एटीएमबाट आफ्ना करिब दुई लाख ४० हजार ग्रँहक महानुभावहरुलाई उच्चस्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ