‘लुम्बिनी सहयात्रा मुद्दती खाता’

अर्थ/वाणिज्य

1/3/2020


काठमाडौं, १८ पुस । लुम्बिनी विकास बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ ‘लुम्बिनी सहयात्रा मुद्दती खाता’ मुद्दती निक्षेप योजना सार्वजनिक गरेको हो ।
मुद्दती निक्षेप योजनाले सबै तहका ग्राहकहरुलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै उचित प्रतिफल प्रदान बैंकको विश्वास छ ।


यस मुद्दती निक्षेप बचत खातामा ग्राहकहरुले आफ्नो दुर्घटनाबाट मृत्यु वा पूर्ण तथा आंशिक अशक्तताका लागि १० लाखसम्मको बीमा सुविधा तथा एक लाख रुपैयाँसम्मको औषधि उपचार बीमा सुविधासमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।


यसैगरी, लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाताअन्तर्गत ग्राहकहरुले निःशुल्क एबीबीएस सुविधा, खाता वितरण, चेक बुक, मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड र लकर सुविधामा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ