काठमाडौं, १८ असार । नेपालको चौधरी ग्रुप (सीजी) ले चिनियाँ हुवावे टेक्नोलजिज कम्पनीसँग नेपालमा फोरजी फोन सेवाका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सीजीले हुवावेसँग उक्त सेवाका लागि १० करोड अमेरिकी डलरको सम्झौता गरेको हो । हुवावे टेक्नोलोजीसँग बार्सिलोनामा नै यससम्बन्धी सम्झौता भएको थियो।
उक्त बराबरको समान ल्याइ नेपालमा सीजीको सेवा संचालन हुनेछ । नेपालको मोबाइल फोन बजारमा भारतमा रिलायन्स इन्डस्ट्रिज लिमिटेडको जिओले जस्तै सीजीले फोरजी नेटवर्कका लागि प्रारम्भिक रुपमा २५ करोड डलर लगानी गर्ने छ ।
तपाईको प्रतिक्रिया