सेञ्चुरी कमर्सियल बैंक र रोयल कटेजबीच सम्झौता

अर्थ/वाणिज्य

2/24/2020

काठमाडौं, १२ फागुन । सेञ्चुरी कमर्सियल बैंक र रोयल कटेज बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र रोयल कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले रोयल कटेजको सेवा सुविधामा १५% सम्म छुट पाउनेछन् ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ