काठमाडौं, २८ पुस । सेञ्चुरी कमर्सियल बैंकले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले भक्तपुरको सुर्यविनायकस्थित श्री चित्रपुर विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको हो ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत न्यानो कपडा वितरण गरेको हो । बैंकले संस्थागत उक्त न्यानो कपडा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया