स्ट्यान्डर्ड चार्टर्डको गोल कार्यक्रम

अर्थ/वाणिज्य

1/5/2020


काठमाडौं, २१ पुस । स्ट्यान्डर्ड चाटर्ड बैंकले नेपालमा ‘गोल’ कार्यक्रम सुरु गरेको छ । शनिवार बैंकले आफ्नो अन्तराष्ट्रिय साझेदार वुमेन विन र नेपालको लागि स्थानीय साझेदार चाइल्डरिच, नेपालसँगको सहकार्यमा अघि बढाएको कार्यक्रमले आर्थिक समावेशितालाई प्रोत्साहित गर्ने जनाएको छ ।
गोल कार्यक्रम असमानताको सामना गर्न र आर्थिक समावेशिता प्रोत्साहित गर्ने बैंकको एक विश्वव्यापी पहल हो, जसमार्फत भविष्य निर्माताहरुलाई अगुवाई शिक्षा प्रदान गर्ने गरिन्छ ।

यस कार्यक्रमले चेलीहरुलाई उनीहरुको परिवार र समुदायमा आर्थिक नेतृत्व बहन गर्ने क्षमता प्रदान गर्न आत्मविश्वास, ज्ञान र सीपहरुको विकासको क्षेत्रमा कार्य गरिने बैंकले जनाएको छ ।

सन् २००६ र २०१८ को बीचमा यो कार्यक्रमबाट २० भन्दा बढी मुलुकका ४ लाख ८० हजार युवती लाभान्वित भइसकेको बताइएको छ । बैंकले सन् २०२३ सम्ममा १० लाख चेलीलाई कार्यक्रमबाट लाभ प्रदान गर्ने लक्ष्य राखेको बताएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ