भैरहवा, ९ जेठ । प्रदेश पाँच सबै स्थानीय तहमा वाणिज्य बैङ्क पुग्ने पहिलो प्रदेश बनेको छ । प्रदेश पाँचका १०९ वटै स्थानीय तहमा वाणिज्य बैंङ्क पुगेका छन् ।
नेपाल राष्ट्र बैङ्कले प्रकाशन गरेको मुलुकको चालु आर्थिक बर्षको नौ महिनाको आर्थिक तथा वित्तीय स्थितीमा प्रदेश पाँचका सबै स्थानीय तहमा वाणिज्य बैङ्क पुगेको उल्लेख छ ।
यसअघि बैङ्क खुल्न बाँकी रहेको रोल्पाको सुनछहारी गाउँपालिकामा नेपाल एसबआई बैङ्कले शाखा खोलेपछि प्रदेश पाँच सबै स्थानीय तहमा वाणिज्य बैङ्क पुगेको हो ।
गाँउपालिकाकी उपाध्यक्ष पार्वती घर्ती मगरले आफ्नो गाँउपालिकामा बैंङ्कको खाता खुलेपछि अब बैङ्किङ कारोवारका लागि छ सात किलोमिटर टाढासम्म जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । सरकारले प्रत्येक स्थानीय तहमा एकवटा वाणिज्य बैङ्क अनिवार्य उपस्थित हुनुपर्ने नीती ल्याएपछि सबै स्थानीय तहमा वाणिज्य बैंङकले शाखा खोलेका हुन् ।
तपाईको प्रतिक्रिया