धनगढी, २७ माघ । सिद्धार्थ बैंकले कैलालीको धनगढी उपमहानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त बैंकले गत शुक्रबार धनगढीमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा त्यस क्षेत्रका ५५ भन्दा बढी साना तथा मझौला व्यापारीको सहभागी थियो । बैंकले १ सय ८० वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टरसहित, १ सय १ शाखारहित बैंकिङ सेवा, २०० तीन एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले साना तथा मझौला व्यापारीलाई विशेष गरी बैंकिङ कर्जासम्बन्धी जानकारी, व्यवसाय दर्ता, व्यापार योजना, कर्जा व्यवस्थापन, बैंकिङ प्रणाली, वित्तीय व्यवस्थापन, व्यापार विस्तार, करलगायत विषयमा जानकारी प्रदान गरेको छ ।
तपाईको प्रतिक्रिया