सिद्धार्थको सहयोगमा नि : शुल्क शिविर

अर्थ/वाणिज्य

1/20/2020

काठमाडौं, ६ माघ । सिद्धार्थ बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनसँग सहकार्यमा नि : शुल्क क्यान्सर जाँच शिविर सञ्चालन गरेको छ ।

बैंक र फाउन्डेसनको सहकार्यमा शनिबार काठमाडौंको ज्याठामा नि : शुल्क पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परीक्षण गरिएको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रममा निरन्तर सहभागिता जनाउँदै जानेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ