काठमाडौं, २२ माघ । सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले केदारेश्वर धामलाई एक हजार लिटर क्षमताको एउटा पानीट्यांक हस्तान्तरण गरेको छ ।
बैंकले केदारेश्वर धाममा आउने भक्तजनका लागि सफापानी उपलब्ध गराउन र नियमित सरसफाइका लागि धाममा आउने भक्तजनबाट सहयोग स्वरूप २० रुपैयाँका ५ हजार थान टिकट समेत हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रका लागि सहयोग गर्दै आएको छ ।
पानीट्यांकी र टिकट बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद बास्तोलालाई हस्तान्तरण गरेका हुन् ।
तपाईको प्रतिक्रिया