सानिमाको काउन्टर सुन्दरबस्तीमा

अर्थ/वाणिज्य

1/10/2020


काठमाडौं, २५ पुस । बुढानिलकण्ठको सुन्दरबस्तीमा सानिमा बैंकले विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ ।

बुढानिलकण्ढ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र बैंकका ब्राण्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा काउन्टरको उद्घाटन गरेका थिए । बैंकका हाल ७९ शाखा, २ विस्तारित काउन्टर तथा ७८ वटा एटिएम सञ्चालनमा छन् ।

अघिल्लो आर्थिक वर्षमा बैंकको पुँजीकोष १३.११ प्रतिशत र निष्क्रिय कर्जा ०.०८ प्रतिशत रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ