काठमाडौं, २१ माघ । सानिमा बैंकले जेरपाटीमा ७९औं शाखा सञ्चालनमा ल्याएको छ ।
सो उद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले. गरेको थिए । बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए ।
उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहलले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । जोरपाटी शाखाबाट पनि ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । मह जोडीले सानिमा बैंक सञ्चालनमा आएकोमा थप सफल्ताको लागि शुभकामना दिए ।
तपाईको प्रतिक्रिया