सानिमा बैंक र फ्युचर वल्र्डबीच सम्झौता

अर्थ/वाणिज्य

2/29/2020

काठमाडौं, १६ फागुन । सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा.लि ‘फ्युचर वल्र्ड’ बीच छुट दिने सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुलाई एप्पल प्रडक्ट आइफोन, आइप्याड, म्याकबुक लगायतका सामान खरिदमा छुट दिने सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालप्रालिका तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मलस्थित फ्युचर वल्र्डमा एप्पलका प्रोडक्ट खरिद गर्दा ६ हजारसम्म नगद तथा ७ हजारसम्मका सामानहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तै बैंकका ग्राहकहरुले बैंकको क्रेडिट कार्डमार्फत १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ