सन्राइजले सहुलियत ब्याजमा कर्जा दिने

अर्थ/वाणिज्य

1/3/2020


काठमाडौं, १८ पुस । सन्राइज बैंकले घरेलु तथा साना उद्योग संघ भक्तपुरमा आबद्ध उद्यमीहरुलाई सहुलियत ब्याजमा कर्जा दिने भएको छ ।
बिहीबार सन्राइज बैंक र घरेलुबीच सहुलियत ब्याजमा कर्जा दिने सहमति भएको हो ।

सो सहमतिअनुसार नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्दैशनबमोजिम रोजगारी सिर्जना गरी आर्थिक उन्नति चाहने महिला उद्यमी तथा नेपाल राष्ट्र बैंकले तोकेको योग्यता पुगेका अन्य व्यक्ति तथा व्यवसायी लाभान्वित हुनेछन् ।
बैंकका ब्यापार बैंकिङ प्रमुख हरिप्रसाद आचार्य तथा संघका अध्यक्ष वीरेन्द्र जटीले सो सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ