सुपर सिक्सको उपाधि कामना विकासलाई

अर्थ/वाणिज्य

2/19/2020

काठमाडौं, ८ फागुन । कामना विकास बैंकले कर्पोरेट सुपर सिक्स सिजन सिक्सको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय रंगशालामा गत बुधबार भएको फाइनल खेलमा भारतीय राजदूतावासलाई ८ रनले हराउँदै बैंकले उपाधि जितेको हो । टस जितेर पहिलो ब्याटिङ गर्दै बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय दूतावासले पूरा ५ ओभर ब्याटिङ गर्दै ५४ रन मात्र बनाउन सक्यो ।

विजेता टिम र उत्कृष्ट खेलाडीलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माछापुच्छ«े बैंकका सीईओ सुमन शर्माले पुरस्कार प्रदान गरे । फाइनल खेलको प्लेयर अफ द म्याच बैंकका हेमन्त श्रीवास्तव चुनिए र प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि श्रीवास्तव नै भए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ