सामूहिक म्यादी जीवन बिमा सार्वजनिक

अर्थ/वाणिज्य

1/22/2020

काठमाडौं, ८ माघ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘सामूहिक म्यादी जीवन बिमा’ सार्वजनिक गरेको छ ।


यस बिमा योजनामा समूहका सदस्य बिमा अवधिभित्र थप घट गर्न सकिने साथै बिमालेखबाट ऐच्छिक सुविधाअन्तर्गत कुनै कारणबस समूहका सदस्यको दुर्घटनाबाट मृत्यु भएमा थप बिमांक बराबर रकम प्रदान गरिने, बिमा अवधिभित्र बीमितको मृत्यु भएमा क्रिया खर्च बराबर बिमांकको १ सय ५५ वा ५० हजार रुपैयाँ प्रदान गरिने छ ।


बिमा अवधिभित्र समूहका सदस्यको दुर्घटनाबाट अंगभंग भए अंगभंगबापतको बिमांकको अनुपातिक रकम क्षतिपूर्ति प्रदान गरिने र पूर्ण अपांग र अशक्त भएमा बिमांक बराबर रकम प्रदान गरिने सुविधा रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ