काठमाडौं, २५ फागुन । बजारहरुमा नूनको अभाव भएको सम्बन्धमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ध्यानाकर्षण भएको छ ।
विगतमा नेपालमा भएको नाकाबन्दी, विनाशकारी भूकम्प लगायतका समयहरुमा नेपालमा सहज, सरल र सुपथ मूल्यमा कहिं कतै कुनै अभाव नहुने गरी आयोडिनयुक्त नूनको आपूर्ति व्यवस्था साल्ट ट्रेडिङ्गले मिलाउँदै आएको आएको छ ।
नेपालभरिका जनताहरुलाई नूनको आपूर्ति व्यवस्था मिलाउन कर्पोरेसन अन्तर्गतका विभिन्न कार्यालयहरु समेतमा करिब १,३६,००० मेट्रिक टन गोदाममा र २२,५०० मेट्रिक टन मार्गस्थल गरि करिव १,५८,५०० मेट्रिक टन आयोडिनयुक्त नून बफर स्टक मौज्दात रहेको साल्ट ट्रेडिङ्गको केन्द्रीय कार्यालयले जनाएको छ ।
सो परिमाणको आयोडिनयुक्त नूनले देशभरिका जनताहरुलाई करिब १० महिनाभन्दा बढी समयसम्म आपूर्ति व्यवस्था मिलाउन सक्ने क्षमता हुनुको साथै चिनीको आपूर्तिमा समेत कुनै अभाव नरहेको साल्ट ट्रेडिङ्गले प्रष्ट्याएको छ ।
तपाईको प्रतिक्रिया