मुलुकको अग्रणी बैंकको रुपमा वि.सं. १९९४ सालमा स्थापित नेपाल बैंक लिमिटेडको ५८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैक संचालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यद्धारा प्रस्तुत गरिएको आ.व.०७३।०७४ को वार्षिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ । उक्त साधारणसभाले बैंकको पुंजीगत सुदृढिकरण निम्ति चालु आर्थिक वर्षमा रु १,७६,८४,८५,८००। वरावरको एफपिओ जारी सम्वन्धमा आवश्यक गृहकार्य अघि बढाउन संचालक समितिलाई निर्देश गरेको छ ।
नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत सेयर रहि चुक्ता पुंजी रु ८ अर्ब ४ करोड रहेको यस बैंकले चालु आर्थिक वर्षको प्रथम अर्ध वर्षमा रु १ अर्ब ६३ करोड ८५ लाख खुद मुनाफा आर्जन गरेको जानकारी साधारणसभामा दिइयो । साथै २०७४ पुषसम्म कुल निक्षेप रु ९१ अर्ब ८९ करोड कुल कर्जा सापट रु ७८ अर्ब ७१ करोड, लगानी रु १२ अर्ब ५९ करोड रहेको यस बैकको जगेडा तथा कोषमा ०७४ असारको तुलनामा हाल ४८.०६ प्रतिशतले बृद्धि भई ५ अर्ब ५ करोड धनात्मक रहेको र बैंकको निष्कृय कर्जा अनुपातमा ०.०९ प्रतिशतले कमी आई ३.२३ प्रतिशत रहेको जानकारी साधारण सभामा दिईयो ।
सो अवसरमा सेयरहोल्डरहरुले प्रस्तुत गरेका जिज्ञाशाको जवाफ दिने क्रममा बैक संचालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले बैंकलाई संघीय संरचना अनुरुप अघि बढाईने, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा शैक्षिक, वातावरणीय, स्वास्थ्य (फ्रि हेल्थ क्याम्प) सामाजिक (ज्येष्ठ नागरिक) सांस्कृतिक (मठ मन्दिर संरक्षण क्षेत्रलाई मिश्रित रुपमा समेट्ने र बैंकको वित्तीय स्वास्थ्यमा थप सुधार गरि छिटै सेयरहोल्डरलाई प्रतिफल दिलाईने जानकारी दिएका थिए ।
बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीको सहजिकरणमा सम्पन्न उक्त साधारण सभामा संचालक समितिका पदाधिकारीहरु,बैकका प्रम७३घढसख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र उच्च पदस्थ अधिकारीहरुसहित उल्लेख्य संख्यामा सेयरहोल्डरहरुको उपस्थिति थियो ।
एक परिपक्व स्थीर वित्तीय संस्थाको रुपमा आठ दशक यता अविच्छिन्न रुपमा देशको वित्तीय सेवामा संलग्न नेपाल बैंकले हाल मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिई १३५ शाखा ११ एक्सटेन्सन काउन्टर र ५४ वटा एटिएम आउटलेट मार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पुर्याईरहेको छ । आम नेपालीलाई प्रारम्भिक वित्तिय साक्षरता प्रदानमा अहम् योगदान पुर्याएको यस बैंकले हालको परिवर्तित परिवेशमा ग्राहकका चाहना र आवश्यकतालाई संवोधन गर्दै मोवाईल बैकिंग, कार्ड, आस्वा, डिम्याट, आईपिएस, इन्टरनेट बैकिंग लगायतका आधुनिक बैकिंग सेवाहरु उपलव्ध गराउंदै आएको छ । बैंकले स्मार्ट ब्रान्चको अवधारणा कार्यान्वयनमा ल्याउंदैछ ।
प्रथम चरणमा २५ शाखाबाट आरम्भ गरिने स्मार्ट ब्रान्चसेवा क्रमिक रुपमा बैकका सबै शाखा र कार्यालयमा विस्तार गर्दै लगिने छ ।
तपाईको प्रतिक्रिया