अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी बिना नै शेयरमा लगानी गर्दा जोखिम बढ्न सक्ने बताएका छन् । शेयर खरिद गर्नअघि कम्पनीको कारोवार र बित्तिय अबस्थामा लगानीकर्ता जानकार भए बित्तिय जोखिम कम हु्ने उनको भनाई छ ।
नेपाल चार्टड एकाउन्टेन्ट विद्यार्थी संगठनको आयोजनामा शनिबार काठमाडौमा भएको पहिलो अन्तराष्ट्रिय सिए विद्यार्थी सम्मेलनको उद्घाटन गर्दे अर्थमन्त्री खतिवडाले कम्पनीको आर्थिक अबस्थाका बारे जानकारी लिएर मात्र शेयरमा लगानी गर्न उचित रहेको समेत बताए ।
मन्त्री खतिवडाले केहि दिन अघि शेयर बजारप्रति आफुले गरेको टिप्पणी नकारात्मक रुपमा प्रचार भएको भन्दै आफु सधै शेयर मार्केट बृद्धिका लागी नै काम गरिरहेको उल्लेख गरे ।
उनले कर कार्यालयका लागी र कम्पनीका लागी छुट्टाछुट्टै आर्थिक बिवरण तयारी गरि कर छलि गर्नेलाई कारवाहीको दायरमा ल्याईने समेत बताए । कलकारखानाको आर्थिक अबस्था मजबुद भए त्यसले समग्र मुलुकलाई नै फाईदा हुने उनको भनाई थियो ।
नेपाल चार्टड एकाउन्टेन्ट विद्यार्थी संगठन (एनकासा) ले ’लिड द प्रोफेसन, लिड द नेशन’ थीम सहित बिद्यार्थी सम्मेलनको आयोजना गरेको हो ।
तपाईको प्रतिक्रिया