भारतको शाल्बी अस्पतालले नेपालमा सेवा सुरू गर्दै

स्वास्थ्य शैली

2/25/2020

काठमाडौं, १३ फागुन । अर्थोपेडिक अस्पताल शाल्बीले नेपालमा पनि आफ्नो सेवा सुरू गर्ने भएको छ । भारतको अहमदाबादमा रहेको उक्त अस्पतालले यहाँका विभिन्न अस्पतालसँग सहकार्य गरेर सेवा सुरु गर्न लागेको जानकारी दिएको छ ।

अस्पताल स्थापनाको २५ औं वर्षको अवसरमा नेपालमा सेवा सुरु गर्न लागेको अस्पतालका निर्देशक डाक्टर भरत गञ्जरले जानकारी दिए ।

नेपालमा सेवा विस्तारका लागि अहिले यहाँका विभिन्न अस्पतालसँग आवश्यक छलफल भइरहेको उनले बताए ।

नेपाली बिरामीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यहाँ सेवा सुरु गर्न लागेका छौं–उनले भने, त्यसका लागि अहिले विभिन्न अस्पतालसँग छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ