रौतहट, २९ भाद्र । जिल्ला प्रहरी कार्यालय रौतहटले विगत केहि दिनदेखि एक्कासी फैलिएको बच्चा चोरी, अपहरण गर्ने समूह प्रवेश गरेको, बच्चा चोरी गरी लगिदै गरेको भ्रामक कुरोको पछि नलागि सचेत बस्न अपील गरेका छन् ।
प्रहरी कार्यालयले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै बच्चा चोरी गर्ने गिरोह आएको खबर आउने क्रम बढेको र जाँदा उखुबारीमा लुकेको, उता भागेको घटना स्थलमा कोही फेला नपर्नुले भ्रामक अफवाह फैलाउने कार्य भैरहेको हुँदा यसको पछि नलागेर सचेत र सतर्कता अपनाउन सबैसँग आग्रह गरेको हो ।
तपाईको प्रतिक्रिया