रौतहट, ३ भाद्र । गएको असार २८ गतेका दिन आएका विनाशकारी बाढीले प्रभावित भएका घर परिवारलाइ असल छिमेकी नेपाल पोखराले राहत सामग्री वितरण गरेको छ ।
युवा समाजसेवी नविन सिंहको विशेष पहलमा रौतहटको राजदेवी नगरपालिका वड़ा नम्बर ९ ब्रह्मपुरीमा ३५० घर परिवारलाइ उक्त सस्थाले राहत सामग्री वितरण गरेको हो ।
बाढी प्रभावितहरुलाई राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत राहत सामग्री वितरण गरिएको संस्थाले जनाएको छ ।
गाउँमा संचालित माध्यमिक विद्यालयमा आयोजित राहत सामग्री वितरण कार्यक्रमको नगर प्रमुख धीरेन्द्र कुमार सिंह उद्घाटन गरेका थिए ।
तपाईको प्रतिक्रिया