आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

9/3/2019

मोरङ, १६ भाद्र । उर्लाबारी नगरपालिका–६ सूर्य चोक बस्ने ३० वर्षीय रमेश कार्कीको घरमा सोमबार बिहान आगलागी हुँदा घरभित्र रहेको मकै, चिरान काठ, चामल, भाँडावर्तन लगायतका सरसामान जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ