काठमाडौ–तराई/मधेश द्रुतमार्गको प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी

समाचार

7/8/2019

काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा स्वागत गरेका थिए ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको व्यवस्थापकिय जिम्मेवारीमा निर्माणाधिन काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाका आयोजना प्रमुखले हालसम्म भएका प्रगतिबारे प्रस्तुतिकरण मार्फत जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, मुख्यसचिव लोकदर्शन रेग्मी, रक्षा सचिव रेश्मीराज पाण्डे तथा नेपाली सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ