सर्लाही, १० भाद्र । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान कम्युनिष्ट सत्ताकै कारण संघीय शासन प्रणाली खतरामा रहेको बताएका छन् । सर्लाहीको लालबन्दीमा आयोजित नेपाल राष्ट्रिय मगर संघको प्रदेश नं.२ स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता निधीले कम्युनिष्टले जितेर शासनसत्ता सम्हाल्नु नै देशका लागि खतरा रहेको दाबी गरे ।
विश्वमा कम्युनिष्टको शब्दकोषमा संघीयता, बहुलवाद नहुने भएकाले नेपालको संघीय गणतन्त्रात्मक शानस व्यवस्थामा वर्तमान कम्युनिष्ट सत्ताबाटै खतरा बढेको निधीको दाबी थियो ।
‘कम्युनिष्ट र संघीयता भन्ने चिज नै एकअर्काका विरोधी हुन्, कम्युनिष्टको डिक्स्नेरीमा बहुलवाद, संघीयता जस्ता शब्द नै हुँदैन’,निधीले भने, ‘त्यसैले संघीय शासन प्रणालीमा खतरा पुग्ने भनेको कम्युनिष्टबाटै हो ।’
तपाईको प्रतिक्रिया