कैलाली र रुपन्देहीमा आगलागीबाट लाखौंको धनमाल नष्ट

समाचार

6/19/2019

कैलाली, ४ असार । कैलाली र रुपन्देही जिल्लामा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ ।

कैलालीको बर्दगोरीया गाउँपालिका २ बौनिया बजारस्थित कर्ण बहादुर कुँवरको काठ मिलमा चिरानी चिरी जम्मा गरी राखेको काठमा मंगलबार बेलुका आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी, रुपन्देहीको रोहिणी गाउँपालिका ३ स्थित भारत घर भएका आकाश कुमार जैसवालले संचालन गरेको जयदुर्गा मोटर पार्टसको पसलमा मंगलबार राति आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ