महोत्तरी, ८ भाद्र । बर्दिबास नगरपालिका–४ बरडाँडा माईथानस्थित सडकमा ना.५ त ६९५३ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको छ ।
आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टरमा काम गर्ने सोही नगरपालिका–४ बस्ने २२ वर्षीय बुद्ध थिङको सिटी केयर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया