खुल्ला दिशामुक्त वडाकै स्वास्थ्यचौकी चर्पीविहीन

समाचार

7/28/2019

कपिलवस्तु, १२ साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ६ स्थित भिल्मी स्वास्थ्यचौकीमा अहिले पनि शौचालय छैन ।

कपिलवस्तुलाई सन् २०१९ सम्ममा खुल्ला दिशामुक्त गर्ने लक्ष्य लिएर काम अघि बढाइरहेको बेला नै साविकको भिल्मी गाविसलाई खुल्ला दिशामुक्त गा.वि.स. घोषण गरिएको थियो ।

सेवा लिन अउने सेवाग्रही देखि स्वास्थ्यचौकीमा कर्मचारीसम्म समेत बाहिर दिशापिसाब गर्न बाध्य रहेका छन् । जहाँ स्वास्थ्य सरसफाइको कुरा गरिन्छ त्यहीं नै स्वास्थ्य संस्था आफै विरामी अवस्थामा छ भने उक्त वडाका आम गरिकको स्वास्थ्य सरसफाइ तथा चर्पी निर्माणको अवस्था कस्तो होला ?

वडा कार्यलयकै भवनको चर्पीको अवस्था हेर्दा चर्पीको ढोका बन्द गर्नका लागि न सिटकीनी वा चुक्कुन छ न त पानी सप्लाईको व्यवस्था छ ।

स्वास्थ्य संस्थामा चर्पी त छैन तर खानेपानी समेतको व्यवस्था छैन । यी यावत समस्याहरुको विषयमा वडा अध्यक्षसँग सोध्दा हामी स्वास्थ्यचौकीमा शौचालय नभए पनि सबैलाई वडा कार्यालयको शौचालय प्रयोग गर्न दिएका छौं ।

वडा कार्यालय र स्वास्थ्यचौकी नजिकै रहेको छ । तर वडा कार्यालयको शौचालयको दृष्य हेर्दा ढोका बन्द गर्नको लागि न सिटकीनी न त पानी सप्लाईको व्यवस्था नै । शौचालय हेर्दा फोहोर रहेको छ ।

वडाभित्र सबै योजनाहरुको काम सडक, नाली बनेको छ । तर एउटा पनि चर्पी बन्न सकेन । उक्त चर्पी बन्नका लागि बजेट विनियोजन पनि गत आवमा भएको थियो ।

३ आर्थिक वर्ष लगातार बजेट विनियोजन र फ्रिज हुने कार्य मात्रै भयो । स्थास्थ्य संस्थाको अध्यक्ष समेत रहेका वडा अध्यक्ष देवानन्द शुक्लाले हामी बजेट विनियोजन गरेका थियौं । तर उपभोक्त समिति बनाउन नसके पछि बजेट फ्रिज भएको बताएका छन् ।

वडाभित्रका अरु भौतिक निर्माण कार्यको लागि उपभोक्ता समिति बनाउन नसक्नेले वडा कार्यालय नजिकै रहेको स्वास्थ्य संस्थामा भने शौचालय निर्माणको लागि उपभोक्ता समिति बनाउन नसक्नु वडा अध्यक्षको लपारवाही रहेको स्थानीयको गुनासो रहेको छ ।

वडा अध्यक्षले आफू मनपरि उपभोक्ता बनाउनका लागि आफ्नै मन्छे राख्ने आफ्नो नभए उपभोक्ता नबनाउने गरेको पनि स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ