गाडी र टेम्पु एकआपसमा ठोकिँदा ४ जनाको मृत्यु

समाचार

7/29/2019

धनुषा, १३ साउन । क्षिरेश्वर नगरपालिका–४ पलाई फ्याकट्रिस्थित सडकमा ना.१ ज ७०२२ नम्बरको गाडी र ज.१ ह ४८९६ नम्बरको टेम्पु एकआपसमा ठक्कर खाँदा टेम्पुमा सवार ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा क्षिरेश्वर नगरपालिका–४ बस्ने ७२ वर्षीय रामदेब साह, सिराहा बस्ने ४० वर्षीया रेखा यादब, टेम्पु चालक क्षिरेश्वर नगरपालिका–४ कुमरौल बस्ने २४ वर्षीय रोशन साह र सोही नगरपालिका हंसपुर मल्हनिया बस्ने २२ वर्षीय संजय साह रहेका छन् ।

उनीहरुमध्ये रामदेब र रेखाको घटनास्थालमै तथा गम्भीर घाइते भएका रोशनको मेडिकल कलेज रमदैया र संजय साहको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फरार गाडी चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ