नेपालगञ्ज, २४ साउन । गोरक्ष राष्ट्रिय जागरण अभियान नेपाल नेपालगन्ज,बाँकेको एक भेलाले नेपालगन्ज उपमहानगरपालिका स्तरीय नगर समिति चयन गरेको छ ।
सो भेला कार्यक्रम केन्द्रीय अभियनता शम्शेर चन्दको अध्यक्षतामा भएको हो । भेलामा केन्द्रिय कोषाध्यक्ष भिम बहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको हो ।
सो भेलाले नेपालगन्ज उपमहानगरपालिका स्तरीय नगर समिति युवराज थापाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा शान्ता श्रेष्ठ, सचिवमा श्याम शर्मा, कोषाध्यक्षमा सुजाता थापा चयन हनु भएको छ । यसरी सदस्यमा आदित्य शाही, भूपेन्द्र शाही, लोकेन्द्रराज बिसी लगायत १५ सदस्यीय समिति गठन गरिएको छ ।
वरिष्ठ कलाकार कमल बिक निर्मोहीद्वारा संचालित कार्यक्रमकमा अमृता चन्द, भगवती थारु, भिम अधिकारी, शान्ता श्रेष्ठ लगायतले हिन्दू राष्ट्र र राजसंस्था नेपालमा पुन फर्किने दावी गरे ।
प्रमुख अतिथि तथा केन्द्रिय कोषाध्यक्ष भिम बहादुर शाहीले नेपालमा प्रदेशको आवश्यकता नभएको भन्दै ५ विकास क्षेत्र नै प्रर्याप्त भएको बताए ।
तपाईको प्रतिक्रिया