चाँडपर्वलाई लक्षित गरी प्रहरीको निगरानी

समाचार

9/25/2019

कपिलवस्तु, ८ असोज । कपिलवस्तुको कृष्णनगर मताहतका क्षेत्रमा दशै र तिहारलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी, जनपद प्रहरी र ट्राफिक प्रहरीले आ–आफ्नो कार्यक्षेत्रमा निगरानी बढाएका छन् ।

शान्ति सुरक्षा कायम गर्न हरेक प्रयास गरिरहेका छन् । दशै तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरीले रात्रिमा गाडी र पैदल पेट्रोलिंग बढाएको छ ।

व्यक्तिलाई सहज हुनका लागी भाद्र २९ गतेदेखि नै मुख्य भन्सार नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

लिंकगेट, यात्रुगेट, झण्डानगर र लक्ष्मीनगर लगायत क्षेत्रमा दैनिक चेकिंगमा सशस्त्र प्रहरी बलले कडाई गर्दै गाडी चेकिंग र सीमानाकामा हुनसक्ने सम्भावित घटना रोक्न विशेष टोली समेत सशस्त्र प्रहरी बलले खटाएको छ ।

साथै दुर्गा मुर्ति विसर्जन मा बजार क्षेत्रको सुरक्षाका लागि जिल्लाबाट समेत सुरक्षाकर्मी ल्याउने तयारी भइरहेको जानकारी सशस्त्र प्रहरी बल कृष्णनगर ३९ नं का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ