चोरीपैठारीको लत्ताकपडा बरामद

समाचार

8/12/2019

कैलाली, २६ साउन । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ स्थित बसपार्क ईलाकाबाट एपीएफ टोलीले करीव दुई लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५३ गुल्म हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ