धनुषा, २५ साउन । जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित क्याम्पस चोकबाट एपीएफ टोलीले करीब १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
दुई वटा मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो ।
सामान ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा र मोटरसाइकल सोही ठाउँमा छडी फरार भएपछि लत्ताकपडासहित मोटरसाइकल समेत बरामद गरिएको हो ।
बरामद लत्ताकपडा तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया