सुनसरी, २१ भाद्र । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट एपीएफ टोलीले करीव दुई लाख ६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
बिराटनगरबाट कटारीतर्फ आउँदै गरेको ना ५ ख ११३३ नम्बरको यात्रुवाहक बसमा नम्कली बिल बनाई लैजाँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि सेतुबन्धु मुल भन्सार कार्यालय कोशी व्यारेजमा बुझाएको छ ।
तपाईको प्रतिक्रिया