छात्रछात्राहरुलाई सेना तालिम

समाचार

8/23/2019

वीरगन्ज, ६ भाद्र । नेपाली सेनाले सेन्ट जेभियर्स मा.वि र बुद्ध फाउन्डेसन कलेजमा अध्ययनरत् छात्रछात्राहरुलाई सेना तालिमको प्रक्रिया अगाडि बढाएको छ ।

बिहीबारदेखि पुस १८ गतेसम्म समय–समयमा तालिम दिने सेनानी महेश कुमार थापाले जानकारी दिएका छन् ।

तालिम लिइरहेका ३६ जना छात्रछात्राहरुले तालिमपश्चात नेपाली सेनामा भर्ना प्रक्रियाको सूचना प्रकाशितअनुसार जागिरका लागि फारम भरेमा तालिममा थप सुविधा पाउने सेना स्रोतले बताएको छ ।

आइतबारबाट निरन्तररुपमा सेन्ट जेभियर्स मा.विको प्राँगणमा राष्ट्रिय सेवा दलद्वारा तालिमको सुरुवात गरिनेछ ।

तालिमको अन्त्यमा बर्दिवासस्थित रहेको सेनाको तालिम केन्द्रमा २१ दिनको विशेष तालिम गराई कार्यक्रम सम्पन्न गरिनेछ ।

बुद्ध फाउण्डेशनको सभाहलमा भएको कार्यक्रममा फाउण्डेशनका निर्देशक तथा प्याब्सन पर्साका अध्यक्ष डा.हरिशंकर साह, प्रधानाध्यापक सुमन श्रेष्ठ र नेपाली सेना राष्ट्रिय सेवा दलका सेनानी महेश कुमार थापालगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ