जनकपुरधाम, २५ भाद्र । जानकी आँखा अस्पतालले मोतियाबिन्दका विरामीलाई निःशुल्क शल्यक्रिया गर्नुका साथै औषधी तथा चस्मासमेत प्रदान गरेको छ ।
नेपाल भारत खुल्ला सीमा सम्बाद समूहको सहजीकरणमा अस्पतालद्वारा सीमा क्षेत्र दुहबी गोबराहीमा गरिएको निःशुल्क आँखा शिबिरमा ८६ जना मोतिबिन्दको बिरामी फेला परेका थिए ।
तीमध्ये बाट मंगलबार संस्थाको सदस्य दिपक चौधरी र जिबछ यादवको अगुवाइमा खटिएको भोलेन्टियरी सहयोग तथा आँखा अस्पतालको डाक्टर र प्राबिधिकहरले ३९ जना बिरामीलाई सफल शल्यक्रिया गरेको छ ।
बाँकी रहेका विरामीहरुको शल्यक्रिया बुधबार पनि भइरहेको छ । बाँकी रहेका विरामीले एक हप्ताभित्र निःशुल्क शल्यक्रिया गराउन सक्ने जानकारी दिँदै सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाले यो अवसरको लाभ लिन आह्वानसमेत गरेका छन् ।
अस्पतालको सम्पूर्ण सहयोग तथा खुल्ला सीमा संवाद समूह जनकपुरधामको सहजीकरणमा विदेह नगरपालिका वार्ड नम्बर २ दुहबीस्थित श्री शंकर जनता माध्यमिक बिद्यालयमा सोमबार निःशुल्क आँखा शिविर संचालन गरिएको थियो ।
सो निःशुल्क आँखा शिविरमा तीन सयभन्दा बढी बिरामीको उपचार गरिएको थियो । जसमा एक सय ६० जना छिमेकी मित्रराष्ट्र भारतका र एक सय ४९ जना नेपालका विरामीको उपचार गरिएको हो । शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
तपाईको प्रतिक्रिया