रौतहट, ४ भाद्र । विगत ९ वर्षदेखि फरार रहेका एक जना सशस्त्र भूमिगत संगठन तराई मुक्ति मोर्चाका कार्यकर्तालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । मोर्चाका नेता रामएकवाल सहनी पक्राउ परेका छन् ।
पक्राउ परेका साहनी रौतहटको साबिक गाबिस भलोहिया वडा नं. ०७ हाल दुर्गा भगवती गाउँपालिका वडा नं. २ बाट भूमिगत तराई मुक्ति मोर्चाका ५ जना मध्येबाट २ जनाको साथबाट कटुवा पेस्तोल थान १, गोली थान १, खोका थान २ फेला पारि नियन्त्रणमा लिई हातहतियार खरखजाना मुद्धामा फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया