नेपालको गुणस्तर परीक्षणलाई भारतको मान्यता

समाचार

8/26/2019

काठमाडौं, ९ भाद्र । नेपालबाट भारत निकासी हुने कृषिजन्य वस्तुकोे गुणस्तर परीक्षण गर्न भारत लैजानुपर्ने झन्झट सरकारले अन्त्य गरेको छ ।

नेपाल र भारतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच भएको प्रारम्भिक समझदारीले यस्तो झन्झट हटाएको हो ।

समझदारीअनुसार अब अदुवा, अलैंचीलगायत २१ प्रकारका कृषि उपजहरु भारत निर्यात गर्दा गुणस्तर परीक्षणका लागि कोलकाता जानुपर्ने छैन । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएको उक्त सम्झौताले भारत निकासी गर्ने कृषिजन्य वस्तुलाई फाइदा हुनेछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य प्रविधि अधिकृत मोहनकृष्ण महर्जनले सम्झौता पूर्णकार्यान्वयनमा आएपछि नेपाली निर्यातकर्ताले आफ्नो उत्पादन काठमाडौंसहित विराटनगर, वीरगन्ज र भैरहवामै परीक्षण गरेर भारत निर्यात गर्न सक्ने बताए ।

सम्झौताअनुसार नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रमाणित गर्ने गुणस्तर प्रमाणपत्रलाई भारतले स्वीकार गर्नेछ भने भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणको प्रमाणपत्रलाई पनि नेपालले मान्यता दिनेछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकाअनुसार शंका लागेका वस्तुहरुको परीक्षणका लागि भने दुवै देशलाई पुनः जाँचको सुविधा रहने सम्झौतामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ